Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

    फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्। आइतबार बसेको नेपाल चलचित्र संघको बैठकले फिल्म हलहरु बन्द नगर्ने निर्णय गरेको हो ।

    देशभर सञ्चालन भइरहेका सयबढी हल बन्द नगर्ने निर्णय गरिएको संघका सदस्य गोपालकाजी कायस्थले जानकारी दिए। उनले कोरोना भाइरसका कारण फिल्म हलहरुको व्यापारमा असर पुगेको हुँदा सरकारलाई कर मिनाहासहित राहत दिन आग्रह गरिएको बताए।



    यसअघि बिहिवार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्च स्तरिय समितीको बैठकले १९ निणैय गरेसंगै देशभरका फिल्महललाई सतर्कता अपनाउन आह्वान गरेको थियो ।



    संक्रमणबाट जोगिन ठुलो संख्यामा मानिसहरु भेला हुने फिल्म हल, सभा समारोह, समाजिक कार्य तथा मेला महोत्सवमा सहभागि नहुन सरकारले आह्वान गरेको थियो । आजको नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार