Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोराेना भाइरसको कहर: सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

    कोराेना भाइरसको कहर: सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

    अनलाइन नेपाल
  • सोमबार, ३ चैत्र २०७६
  • 1.5K
    SHARES

    धनगढी । सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ।

    अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले अध्यागमन विभागले भारतबाहेक अन्य (तेस्रो) मुलुकका कुनै पनि नगारिकलाई सीमानाकाबाट आउजाउमा रोक लगाउन परिपत्र गरेको बताए।



    ‘हामीलाई तेस्रो मुलुकका कुनै पनि नागरिकलाई आउजाउमा रोक लगाउनु भनेर परिपत्र आएको छ, त्यसै अनुसार काम भएको छ’, उनले भने, ‘त्योबाहेक अन्य कुनै निर्णयको जानकारी छैन।’ परिपत्रअनुसार चैत १ (मार्च १४) गते राति १२ बजेदेखि तेस्रो मुलुकका नागरिकलाई सीमानाकाबाट बाहिरिन र भित्रिन रोक लगाइएको उनले बताए।



    तेस्रो मुलुकका नागरिकलाई अप्रिल ३० सम्म सीमानाकाबाट आउजाउमा रोक लगाउन पत्रिपत्र भएको उनले बताए। भारतीय नागरिक र नेपाली नागरिक भने निर्बाध रुपमा ओहोरदोहोर गरिरहेको उनले बताए।

    सुदूरपश्चिममा तेस्रो मुलुकका सबैभन्दा बढी नागरिक भित्रिने नाका महेन्द्रनगरको गड्डाचौकी हो। यो नाकाबाट जनवरीमा २ सय २४, फेब्रुअरीमा २ सय ४९ र मार्च १४ सम्म १ सय ४५ जना तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएको तथ्यांक रहेको उनले बताए। नेपाल भित्रिनेमा अमेरिका, युके, इटाली, फ्रान्स, जर्मनी, स्विट्जरल्यान्डलगायत मुलुकका नागरिक छन्।

    यसैगरी अध्यागमन कार्यालय धनगढीका प्रमुख माधव जोशीले विभागको परिपत्रअनुसार शनिबार रातिदेखि सीमानाकाबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउमा रोक लगाइएको बताए।

    ‘तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न र यहाँबाट बाहिर जान रोक लगाइएको छ’, उनले भने, ‘भारतीयलाई भने आउजाउ गर्न खुला छ।’ धनगढीको त्रिनगर नाकाबाट सन् २०१८ मा ८६, सन् २०१९ मा ८० जना तेस्रो मुलुकका नागरिक नेपाल भित्रिएका थिए। यस वर्षको जनवरीमा १६ र फेब्रुरीमा १३ जना तेस्रो मुलुकका नागरिक यो नाकाबाट प्रवेश गरेका छन्।

    कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले तेस्रो मुलुकका नागरिकलाई आउजाउमा रोक लगाए पनि भारतीय र नेपालीलाई खुला रहेको बताए। भारतबाट नेपाल आउनेको सीमानाकास्थित हेल्थ डेस्कमा जाँच गरिएको उनले बताए।

    सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार सुदूरपश्चिमका सबै नाकाबाट गरी ४ सय ५ जना भारतीय नेपाल प्रवेश गरेका छन। त्रिनगरबाट १ सय ५०, टीकापुरको खग्रौलाबाट ८० र गड्डाचौकीबाट १ सय ७५ जना भित्रिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। आजको नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार