Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • उत्तर कोरियाली नेता किम जोङले रुँदै जनतासँग माफी मागे

    उत्तर कोरियाली नेता किम जोङले रुँदै जनतासँग माफी मागे

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 3.3K
    SHARES

    एजेन्सी। उत्तर कोरियाका नेता किम जोङ उन , जो सामान्यतया हतियार सम्बन्धी निर्णय र कठोरताका लागि परिचित छन् । तर,  शनिबार सैन्य परेडको बखत भाषण दिँदा उनी भावुक भए र रोए ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार यो पहिलो पटक हुन सक्छ  विश्वले उत्तर कोरियाको नेता किमलाई सार्वजनिक रूपमा देखेको ।



    आफ्नो भाषणमा उनले बलिदान चढाउने सिपाहीहरूलाई धन्यवाद दिए। आफ्नो सम्बोधनमा उनले उत्तर कोरियाका जनताका लागि जीवन राम्रो नबनाएकोमा नागरिकसँग माफी मागे।



    समाचार एजेन्सी रोयटर्सका अनुसार  किमले  विनाशकारी आँधीबेहरी र कोरोना भाइरस महामारीको रोकथाम गर्न महत्वपूर्ण भूमिका खेलेकोमा सेनालाई धन्यवाद दिएका थिए। उनले आफ्नो पार्टीको७५ औं वार्षिकोत्सवमा नागरिकहरूलाई सम्बोधन गरे।

    किमले भने, ‘म कृतज्ञ छु कि एउटा पनि उत्तर कोरियाली कोरोना भाइरस संक्रमित भएको छैन।’ यद्यपि संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उनको दावीको बारेमा शंका उब्जाएको छ।

    किमले नागरिकसँग माफी मागे र भने, ‘कोरोना रोकथाम उपाय, अमेरिकी प्रतिबन्ध र धेरै आँधीबेहरीका कारण हामी मानिसहरुको जीवन सुधार गर्न चाहान्छौं र त्यसलाई त्यो स्तरमा पुर्‍याउने वाचा गर्दछु।’  उनले आफ्नो सम्बोधनमा अझै भने, ‘मेरो प्रयास र यस सम्बन्धमा मेरो सोच हाम्रो जनतालाई उनीहरूको गाह्रो जीवनबाट मुक्त गर्न पर्याप्त छैन।’

    उत्तर कोरिया पहिले नै आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रमका कारण धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको दौरबाट गुज्रिरहेको छ। जसको यसको अर्थतन्त्रमा सीधा असर परेको छ, साथ साथै कोरोना भाइरस महामारीलाई रोक्न प्रयासहरू पनि छन्। सबै सीमाना यातायात बन्द गरिएको छ, जसका कारण अर्थव्यवस्था खराब स्थितिमा गइरहेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार