धादिङ । धादिङका २२ वर्षीय कोरोना संक्रमित युवकको काठमाडाैंमा मृत्यु भएकाे छ । निमोनियाको उपचारका लाइ उनलाइ सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे ।
नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवाको असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएका ती युवकको साेमबार बिहान मृत्यु भएको हो ।
यो सहित धादिङमा कोरोना सङ्क्रमणका ज्यन गुमाउनेकाे संख्या सात पुगेकाे छ ।
Leave a Reply