Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी

    महोत्तरीको हलखोरीमा सशस्त्रको बीओपी

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । महोत्तरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिएको छ ।

    सीमा नाकाको सुरक्षाका लागि महोत्तरीको एकडाडा गाउँपालिका-४ मा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोतरी को मातहतमा रहने गरी बीओपी स्थापना गरिएको हो ।



    प्रेदश २ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्माचार्यले आइतबार बीओपीको उद्घाटन गरेका छन् ।



    महानिरीक्षक ब्रह्माचार्यले सीमा नाकामा हुने अवैध चोरीपैठारी, सीमा अतिक्रमण जस्ता संवेदनशील विषयमा राज्यले दिएको जिम्मेवारीलाई सशस्त्र प्रहरीले अक्षरश पालन गर्दै त्यसता विषयमा नियन्त्रण र निगरानी गरिरहेको बताए ।

    कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामका लागि पनि सशस्त्र प्रहरी अझ बढी जिम्मेवार हुनु पर्ने कुरामा उनले जोड दिएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेस सापकोटाले बीओपी स्थापन गर्नुका कारण र औचित्यमाथि स्पष्ट पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार