काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
शनिबार राति ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए ।
मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।
यसअघी शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री भट्टराईको स्वास्थ्य भने सामान्य रहेको छ ।
Leave a Reply