काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४१६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७१, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको छ।
गर्दा पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
पछिल्लो २४ घन्टामा १५५२ जना डिस्चार्ज भएका छन्। योसँग देशभर डिस्चार्ज हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ।
Leave a Reply