काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्रा सेल्फ आइसोलेसनमा बसेका छन् । दूतावास स्रोतका अनुसार राजूदत कोत्राले सबै भेटघाट बन्द गरेका छन् र उनलाई कुनै समस्या देखिएको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका हुन् । उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका थिए ।
त्यही साँझ ज्वरो आएपछि स्वाब दिएका भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको छ ।
Leave a Reply