Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्कुल बस दुर्घटना: विद्यार्थी घाइते, चालक फरार

    स्कुल बस दुर्घटना: विद्यार्थी घाइते, चालक फरार

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 1.6K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा स्कुल बस दुर्घटनामा परेकाे छ। शुक्लाफाँटा नगरपालिकामा दुर्घटनामा परेको स्कुल बसबाट ३० बालबालिकाको उद्दार गरिएको प्रहरीले जनाएको छ।

    घाइतेहरुलाई उपचारका लागि स्थानीय क्लनीकमा पुगाइएको बताउँदै थापाले बसमा सवार विद्यार्थीको संख्या यकिन हुन नसकेको बताए। बस सडक छेउमा रहेको माछा पोखरीमा खसेकाले उद्दारमा केही समस्या भएको प्रहरीले जनाएको छ।



    अस्थायी प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरिक्षक रुपसिह थापाले दुर्घटनाग्रस्त बसबाट ३० बालबालिकाको उद्दार गरिएको जानकारी दिए। उनीहरु मध्ये ३ जना घाइते छन्। परीक्षा दिएर फर्किदै गर्दा बस दुर्घटनामा परेको बताइएको छ तर के कति विद्यार्थी सवार थिए भन्ने विषय विद्यालय नै अनभिज्ञ रहेको प्रहरीको भनाइ छ।



    अहिले जेसिबीको सहयोगमा बस बाहिर निकाल्ने तयारी भइरहेकाले त्यसपछि मात्र अन्य विवरण खुल्नेछ। आज दिउँसो शुक्लाफाँटा नगरपालिका- ११ मा रहेको युनिभर्सल बाल विद्या निकेतनको म१ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। साघुरो सडकका कारण बस दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार