Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • प्रधानमन्त्रीका तीनै जना सल्लाहकार कोरोनाबाट मुक्त, रिमाल भन्छन् -लापरवाहीले ज्यानै जान सक्छ

    प्रधानमन्त्रीका तीनै जना सल्लाहकार कोरोनाबाट मुक्त, रिमाल भन्छन् -लापरवाहीले ज्यानै जान सक्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनीहरुले नै जनाएका छन् ।



    रिमालले फेसबुकमा कोरोना संक्रमणमुक्त भएको जानकारी दिँदै कोरोना केही होइन भन्नु अतिरञ्जना र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो भनेर भनेका छन् । उनले भनेका छन्, ‘तरिका पुर्याउँदा यो महामारीको असर अति न्यून हुन्छ लापरवाहीले ज्यानै जान सक्छ ।’



    https://www.facebook.com/bishnu.rimal/posts/3539465982782283

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार