Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • सरकारको आग्रह

    ‘उपत्यका कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं’

    ‘उपत्यका कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं’

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्ताे आग्रह गरेका हुन्।

    उनले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।



    स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’



    दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै उनले यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार