Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • डा. केसीकाे जीवनरक्षाका लागि नेकपा सचिवालय बैठकमा छलफल, प्रधानमन्त्री भन्छन् – वार्ता सुरु भैसक्याे

    डा. केसीकाे जीवनरक्षाका लागि नेकपा सचिवालय बैठकमा छलफल, प्रधानमन्त्री भन्छन् – वार्ता सुरु भैसक्याे

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी अनसनबारे चासो देखाएका छन् ।

    मंगलबार अपरान्ह बालुवाटारमा आयोजित (नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवनरक्षाका बारेमा चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको बताएका थिए ।



    नेकपाको मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो ।



    सचिवालयका नेताहरुले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

    विभिन्न ६ बुँदे माग राख्दै डा.केसी २३ दिनदेखि अनशनरत छन् । १९ औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् ।

    केसी अनसन बसेको २३ दिन पछि बल्ल सरकारले चासो दिन थालेको हो ।

    यसैबीच सचिवालय बैठकमा धेरैको चासो रहेको मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीका तर्फबाट कुनै प्रस्ताव पेश नै भएकाे थिएन ।

    असोज ४ गतेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएकाले यसबारे छलफल नभएको सचिवालय स्राेतले बतायाे ।

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दुई अध्यक्ष यसबारे गृहकार्यमै रहेकाले मन्त्रिपरिषदबारे छलफल नभएको बताएका थिए ।

    भदौ २६ को स्थायी कमिटीले गरेको निर्णयअनुसार, मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपामा लगातार छलफल भइरहेको छ । सोमबार दिउँसो मात्रै पनि दुई अध्यक्ष ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार