Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रदेश ५ काे राजधानी देउखुरी कायम

    प्रदेश ५ काे राजधानी देउखुरी कायम

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडाैँ । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी टुंगो लागेको छ।

    मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको परिणाम सार्वजनिक गरेसँगै राजधानीकाे टुंगाे लागेकाे हाे। प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो ।



    भोटिङमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । उनका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहे । भोटिङमा देउखुरीको पक्षमा बहुमत आएसँगै उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे ।



    प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार