सप्तरी । बालिका बलात्कारकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका-७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पीडित परिवारको उजुरीका आधारमा साेमबार पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएका बेला शनिबार साँझ बलात्कार गरेको आरोपमा प्रहरीले सरदारलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।
Leave a Reply