Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • समाजवादी पार्टीद्वाराअभियानमा ११ प्रदेशको खाका

    समाजवादी पार्टीद्वाराअभियानमा ११ प्रदेशको खाका

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । संविधानले सात प्रदेश व्यवस्था गरेको भए पनि समाजवादी पार्टीले छुट्टै ११ प्रदेशको खाका ल्याएको छ । त्यही खाका बोकेर अभियान चलाइरहेको छ । संगठन विस्तार र सुदृढीकरण अभियानका संयोजक तथा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सात प्रदेशलाई प्रशासनिक रूपमा मात्रै स्वीकार गरेर ११ प्रदेशका लागि संघर्ष जारी राख्ने उद्देश्यले खाकासहित समितिहरू बनाएर अभियान थालेको बताए ।

    ‘हामी ती समितिहरूमार्फत अहिले समुन्नत समाजवाद र पहिचानसहितको संघीयताबारे अभियान चलाइरहेका छौँ,’ श्रेष्ठले भने, ‘जुन हाम्रो राजनीतिक माग पनि हो ।’ दोस्रो संविधानसभाले सात प्रदेशको खाकासहित संविधान जारी गरेपछि तत्कालीन संघीय समाजवादी पार्टीले त्यसको विरोध गर्दै आन्दोलन गरेको थियो ।



    अहिले पनि समाजवादीले संविधान संशोधनको माग गर्दै आएको छ । यद्यपि, निर्वाचनमा सामेल भएपछि यो मुद्दा गौण देखिएको थियो । डा. भट्टराई र उपेन्द्र यादवले गत वैशाखमा पार्टी एकीकरण गरेपछि ११ प्रदेशको मुद्दा पुनः ब्युँताइएको थियो । राजपा नेपाल पनि यो माग गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार