Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सुडानमा विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

    सुडानमा विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 4K
    SHARES

    काठमाडौं । सुडानमा विद्रोही समूहसँग सरकारले वार्ता गरेको छ। सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएसँगै सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गर्ने विश्वाश लिइएको छ।

    विद्रोही समूह र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफ्नो लक्ष्य पुरा भएको वताए।



    सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।



    सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ)का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

    यद्यपि दुई शक्तिशाली विद्रोही समूहहरू – अब्देलवाहिद मोहम्मद अल-नूरको नेतृत्वमा डार्फुरमा आधारित सुडान लिबरेशन मूभमेन्ट (एसएलएम) गुट र अबेलाजीज अल हिलूको नेतृत्वमा सुडान जनमुक्ति आन्दोलन-उत्तर (एसपीएलएम-एन) ले हस्ताक्षर गरेनन् ।

    अझै शान्ति प्रक्रियाको सामना गरिरहेका चुनौतिहरू भने रहेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार