Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • समाजवादी पार्टी कतै एकताको काम सक्दै, कतै कार्यकर्तामा ऊर्जा भर्दै

    समाजवादी पार्टी कतै एकताको काम सक्दै, कतै कार्यकर्तामा ऊर्जा भर्दै

    अनलाइन नेपाल
  • आइतबार, २ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं समाजवादी पार्टीका नेताहरू अहिले काठमाडौंमा कमै भेटिन्छन् । कारण हो, उनीहरू पार्टीको तीनमहिने संगठन विस्तार र सुदृढीकरण अभियान । यसमा उनीहरू ११ प्रदेशको खाका बोकेर गाउँगाउँ पुगिरहेका छन् ।

    ३ माघदेखि सुरु भएको समाजवादी पार्टीको संगठन विस्तार र सुदृढीकरण अभियानका लागि तीनमहिने कार्यकतालिका तय गरिएको छ । यस अभियानको समापन गर्न ३० चैतमा काठमाडौंमा शक्ति प्रदर्शन गर्ने समाजवादीको तयारी रहेको छ । यद्यपि, पछिल्लो समयमा कोरोना भाइरसको त्रासका कारण शक्ति प्रदर्शनको कार्यक्रमलाई प्राथमिकता दिइएको छैन । अभियानका संयोजक तथा समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ भन्छन्, ‘कोरोनाको अवस्था हेरेर काठमाडौंको शक्ति प्रदर्शनबारे चैतको दोस्रो सातातिर अन्तिम निर्णय लिन्छौँ ।’



    अहिले अभियानका क्रममा नेता–कार्यकर्ता सातै प्रदेशमा खटिएका छन् । अभियानलाई स्थानीय तहमा केन्द्रित बनाइएको छ । एक वर्षअघि तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण भएपछि गठन भएको समाजवादी पार्टीको यो संगठनसम्बन्धी पहिलो अभियान हो । ‘त्यसैले यो अभियान एकीकरणको बाँकी समायोजन पूरा गर्नदेखि समायोजन भइसकेको ठाउँमा नयाँ ऊर्जा पनि दिने हो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने । अहिले सातै प्रदेशका एक सय ६५ निर्वाचन क्षेत्र र सात सय ५३ स्थानीय तहमा केन्द्रित गरिएको उनले बताए ।



    अभियानको सुरुवात गर्न सातै प्रदेशमा पार्टीका शीर्ष नेताहरू नै खटिएका थिए । अभियान प्रारम्भका लागि प्रदेश १ मा वरिष्ठ नेता अशोककुमार राई, प्रदेश २ मा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, बागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, प्रदेश ५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा हेमराज राई खटिएका थिए ।

    त्यस्तै, सातै प्रदेशको अभियान अनुगमन गर्न केन्द्रीय प्रतिनिधिहरू खटिएकोे समाजवादी पार्टीले जनाएको छ । प्रदेश १ मा उपाध्यक्ष रकम चेम्जोङ र पर्शुराम खापुङ, प्रदेश २ मा उपाध्यक्ष लालबाबु राउत, बागमती प्रदेशमा उपाध्यक्ष हिसिला यमी, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमराज राई, प्रदेश ५ मा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज कार्की अनुगमनमा खटिएका छन् । त्यसका साथै ७७ वटै जिल्लामा संयोजक र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ताको समेत व्यवस्था गरिएको समाजवादी जनाएको छ । सम्बन्धित जिल्लाका वरिष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ । अभियान अवधिभर पार्टीका उपाध्यक्षहरूले अनुगमन गर्ने व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार