Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कोरोना खोप बिकास गर्ने रुसमा नै पहिलो पटक १० हजार व्यक्तिमा कोरोना पुष्टि

    कोरोना खोप बिकास गर्ने रुसमा नै पहिलो पटक १० हजार व्यक्तिमा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 3K
    SHARES

    मस्को। रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ। गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ।

    रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन् । रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो। रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन्।



    केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ।



    शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोनाभाइरस परीक्षण भएको छ।

    केही दिन अघी मात्र रुसले आफ्नो कोरोना भाइरस खोप ‘‘स्पुतनिक भी’’ सर्वसाधारणका लागि खुला गरेको रुसी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।  कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुक रूस हो । यद्यपि अझैसम्म पनि खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण भने सकिएको छैन । सिन्हा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार