Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन

    आन्दाेलन राेक्न प्रशासनद्वारा बुटवलका मुख्य चोकमा निषेधित क्षेत्र घोषणा

    आन्दाेलन राेक्न प्रशासनद्वारा बुटवलका मुख्य चोकमा निषेधित क्षेत्र घोषणा

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 3.1K
    SHARES

    रुपन्देही। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आन्दोलन रोक्न बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि प्रशासनले कडाइ गर्न निषेधित क्षेत्र तोकेको हो।

    प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध कांग्रेस रुपन्देहीले शनिबार  राँके जुलुस निकालेको थियो ।



    प्रशासनले  जारी गरेको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । प्रशासनले ५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ ।



    प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको  छ ।

    दक्षिणमा सुन्दर चोक, उत्तरतर्फ भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन नपाइने  सूचनामा उल्लेख छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत् चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार