Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा

    प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा हुने भएको छ।

    प्रदेश ५ को नाम लिम्बनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।



    प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो। यस्तै प्रदेशको नाम लुम्बिनी प्रस्ताव भएको पनि बताइएको छ ।



    यसअघि रुपन्देही, कपिलवस्तु वा दाङ मध्ये कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद रहेको थियो।

    नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि प्रदेश ५ को राजधानी दाङमा राख्ने सहमति भैसकेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार