एजेन्सी। खोकी र ज्वरोभन्दा सुँघ्न सक्ने शक्ति गुमाउनु कोभिड-१९ को स्पष्ट सङ्केत हुन सक्छ। अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ।
युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो। एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन।
यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो। गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट सुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो।
अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ।
तर युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखकरअध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन्।
कोभिड-१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ।
किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए।
यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन्।
त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन्।
हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन्। (बिबिसी)
Leave a Reply