Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • क्यानडामा विदेशी यात्रुलाई अक्टोबर महिनामा पनि निषेध

    क्यानडामा विदेशी यात्रुलाई अक्टोबर महिनामा पनि निषेध

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.4K
    SHARES

    एजेन्सी । कोरोना महामारीका कारण विदेशी नागरिकलाई स्वदेश फर्कन प्रतिवन्ध लगाउँदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

    विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो । कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाई छ ।



    मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागू भएको हो ।



    क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म नौ हजार २९७ जनाको मृत्यु भएको छ । –एएनआई

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार