Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूतमा सिफारिस

    खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूतमा सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । सरकारले अमेरिका र बेलायतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकले आजै मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतनियुक्त गरेको एक मन्त्रीले बताए ।



    ती मन्त्रीका अनुसार मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको हाे ।



    कात्तिक ३ गतेसम्म कार्यकाल रहे पनि रेग्मीले राजदूतको लोभमा केही दिनअघि नै राजीनामा दिएका हुन् ।

    रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्ति गरिने बचन प्रधानमन्त्री केपी ओलीले दिएका थिए । काँग्रेसले मुख्यसचिव बनाएका रेग्मीले ओली सरकारका गलत कामलाई ढाकछोप गरी सहयोग गरेर आत्मसमर्पण गरेको भन्दै उनको आलोचना भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार