Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले हरायो

    कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले हरायो

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा राजस्थान रोयल्सलाई कोलकता नाइट राइडर्सले ३७ रनले  हराएको छ ।

    घातक बलिङको सहयोगमा राजस्थान रोयल्सलाई कोलकताले हरायो।  आईपीएलमा यो कोलकाता नाइट राइडर्सको दोस्रो जीत हो।



    शुरुमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताका शुभमन गिल र इयोन मोर्गन चम्किँदा कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाए।



    १७५ रनको लक्ष्य लिएर  ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै राजस्थान १३७ रनमा समेटियो।

    राजस्थानका लागि टम करनले सर्वाधिक ५४ रन बनाउँदा जोस बट्लर २१ रनमा पभेलियन फर्किए।  राहुल तेवतियाले १४ रन जोडे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार