काठमाडौ । काठमाडौमा ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा स्थित पेप्सिकोलामा ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य।
खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ।
Leave a Reply