Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • डिआईजीमा बढुवा र एसएसपी सरुवामा व्यापक चलखेल

    डिआईजीमा बढुवा र एसएसपी सरुवामा व्यापक चलखेल

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 5.7K
    SHARES

    काठमाडौं।  सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा पाँच जना डिआईजीको दरबन्दी थप हुने भएको छ ।

    प्रहरीमा हाल रिक्त  ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् । दरबन्दी थपको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।



    ८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी एसएसपीहरु लागिपरेका छन् । बढुवाका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपीहरु चलखेल गर्न थालेका छन्। ।



    डीआईजी बढुवाका लागि एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, डा. देवबहादुर बोहोरा, दिवेश लोहनी, उमेश रन्जितकार, हरिराज वाग्ले, पूजा सिंह, नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ, राजेशकुमार लाल कर्णअग्रपंतिमा छन् ।

    बढुवामा वरिष्ठता र कार्यदक्षतालाई आधार मानिन्छ कि बालुवाटार र गृहको स्वार्थ अनुसारको सिफारिसले काम गर्छ ? आईजीपीको अग्निपरिक्षा शुरु भएको छ।

    त्यस्तै, ललितपुर, ट्राफिक महाशाखा, बुटवल तालिम केन्द्र लगायतका एसएसपीको एक बर्ष अवधि पुगिसकेपनि  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी क्षेत्रीबीच कुरा नमिल्दा सरुवा अवरुद्ध भएको छ ।

    एक बर्ष अबधि नपुगेपनि बिनाकारण काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीलाई हटाउन गृह मन्त्रालयमा एउटा गिरोहले चलखेल बढाएको स्रोत वताउँछ। आइजीपी क्षेत्री काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीलाई चलाउन चाहँदैनन् ।

    तर,काठमाडौं परिसरमा एसएसपी अशोक सिंहलाई सरुवा गरी आफु अनुकुल सेटिङ मिलाएर काम गर्न  उक्त गिरोहले सक्रियता बढाएको छ।

    गृहमन्त्री बादलका छोरा प्रतिक र उपराष्ट्रपति पुत्र दिपेश पुनले  सिंहलाई काठमाडौं ल्याउन सक्रियता देखाएको स्रोत वताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार