Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

    भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 3.4K
    SHARES

    एजेन्सी। भारतका उपराष्ट्रपति वेंकैया नायडूमा कोरोना भाइरस(कोभिड-१९ )संक्रमण देखिएको छ। उपराष्ट्रपतिको कार्यालयले ट्वीट गर्दै नायडूमा संक्रमण देखिएको जनाएको छ ।

    ७१ वर्षीय नायडूमा संक्रमण देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका छन्। नायडूको श्रीमती उषा नायडूको रिपोर्ट भने नेगेटिभ आएको छ।



    उनी भने सेल्फ आइसोलेसनमा छिन्। उपराष्ट्रपति वेंकैया नायडूले २९ सेप्टेम्बर बिहान  कोरोना टेस्ट गरेका थिए। यस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। जानकारी अनुसार उपराष्ट्रपतिको स्वास्थ्य राम्रो छ र कोरोनाको कुनै लक्षण छैन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार