Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

    अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    ताप्लेजुङ । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

    ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।



    गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार