काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छाड्न नहुने बताएका छन् ।
आइतबार तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै सभापति देउवाले दोषी कसैलाई पनि छाड्न नहुने बताएका हुन् ।
सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय नै रहेको सुनाए ।
उनले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनासहित धेरै निजी संरचना ध्वस्त पारिएको बताए ।
Leave a Reply