Online Nepal
  • आइतबार, १४ बैशाख २०८२
  • शिक्षा दिन छोडेर शिक्षकहरु नै आन्दोलनमा होमिएपछि

    शिक्षा विधेयकबारे मन्त्री र सांसदहरुसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री

    शिक्षा विधेयकबारे मन्त्री र सांसदहरुसँग छलफल गर्दै कार्यबाहक प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २१ चैत्र २०८१
  • 417
    SHARES

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे सिंहदरबारमा छलफल थालेका छन् । सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल सुरु भएको हो ।

    शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कार्यबाहक प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।



    कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ ।

    यसअघि आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा आउन आग्रह गर्दा शिक्षक महासंघले अस्वीकार गरेको थियो ।

    शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ । तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

    बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार