Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी: अनुहारमा तेजाब आक्रमण गरे २० वर्ष कैद

    राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी: अनुहारमा तेजाब आक्रमण गरे २० वर्ष कैद

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तीन अध्यादेश जारी गरेकी छन् ।

    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।



    त्यस्तै फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशमा तेजाब आक्रमण गर्नेलाई विगतको भन्दा कडा सजायको व्यवस्था गरिएको छ । अब अनुहारमा तेजाब आक्रमण गरेमा २० वर्षसम्म कैद सजाय हुनेछ ।



    तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशमा तेजाब बिक्री वितरणमा अनुमति लिनुपर्नेलगायत अन्य कडा प्रावधान राखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार