Online Nepal
  • बिहिबार, २९ फाल्गुन २०८१
  • नेविसंघको असन्तुष्ट समूहद्धारा महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास

    नेविसंघको असन्तुष्ट समूहद्धारा महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास

    अनलाइन नेपाल
  • बुधबार, २८ फाल्गुन २०८१
  • 243
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को असन्तुष्ट समूहले महेन्द्र मोरङ क्याम्पसमा आगजनी प्रयास गरेको छ ।

    नेविसंघका तर्फबाट भन्दै महेन्द्र मोरङ कलेजमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचन समितिले ‘स्वतन्त्र’ पारिदिएको भन्दै आगजनी र तालाबन्दीको प्रयास भएको हो।



    निर्वाचन समितिले नेविसंघको संस्थापन समूहलाई आधिकारिकता दिँदै शेखर कोइराला समर्थक समूहलाई स्वतन्त्र बनाएपछि विरोधमा बुधबार आगजनी र तालाबन्दी प्रयास भएको थियो।

    विद्यार्थीहरूले निर्वाचन कार्यालयमा आगजनी प्रयास गरेका थिए भने तालाबन्दी पनि गरेका थिए। तर प्रहरीले ताला फोडेको छ।

    चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए।

    महेन्द्र मोरङको स्ववियु सभापति पदमा नेविसंघबाट प्रज्वल विष्ट, अनेरास्ववियुबाट अनिष बोगटी, अखिल क्रान्तिकारीबाट रोहित यादवलगायत उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार