कैलाली । नेपाल र भारत दुबै देशले उक्त क्षेत्र समेटेर नक्सा जारी गरेपछि त्यसक्षेत्रमा सुरक्षाकर्मीकाे उपस्थिती बढाइएकाे छ। साेही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको टोलीले शनिवार विहानै तिंकर र कालाकानी क्षेत्रको हवाई निरीक्षण गरिरहेको छ।
छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुगेका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गर्ने भएका हुन्। त्यसैगरी चीनसँग जोडिएको तिंकरको वस्तुस्थितिबारे पनि उनले जानकारी लिएका छन्।साथै भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्।
गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने,सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन्। शनिवार त्यस क्षेत्रको निरीक्षण गरेर व्यासबाट फर्किने कार्यतालिका रहेको छ। छाङरुमा गुल्म स्थापनासँगै एक साताअघि डीएसपी धिरेन्द्र शाहको कमाण्डमा टोली खटिइसकेको छ । गुल्ममा १६० जना रहनेछन् । यसअघि बीओपीमा इन्सपेक्टरको कमाण्डमा २५ जना थिए।
Leave a Reply