Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • युरोपेली मुलुकमा कोरोनाको सन्त्रास, कस्ताे छ नेपालीकाे अवस्था?

    युरोपेली मुलुकमा कोरोनाको सन्त्रास, कस्ताे छ नेपालीकाे अवस्था?

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडाैं । कान्तिपुर दैनिकले युरोपेली मुलुकमा कोरोनाको सन्त्रासपछि नेपालीको अवस्थाको बारेमा समाचार छापेको छ । ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।

    ‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’



    रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुर्पयो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टि्फिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’



    पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार