बझाङ । बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । मष्टा गाउँपालिकाकी बालिका बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काका अनुसार बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको छ । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ डीएसपी खड्काले भने ।
पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले जानकारी दिए ।
Leave a Reply