जनकपुरधाम । सप्तरीमा कोराना संक्रमणबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले प्रमुख जिल्ला अधिकारी(सिडिओ)को भान्से रहेका कार्यालय सहयोगी ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए।
मृत्यु भएका पुरुष सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा भान्से थिए। ती पुरुषसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ।
Leave a Reply