Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रहरीकै संरक्षणमा महेशपुर नाकाबाट खुलेआम केराउ र सुपारी तस्करी

    प्रहरीकै संरक्षणमा महेशपुर नाकाबाट खुलेआम केराउ र सुपारी तस्करी

    अनलाइन नेपाल
  • बिहिबार, ८ असोज २०७७
  • 3.5K
    SHARES

    बुटवल ।  पाँच नम्बर प्रदेशस्थित पश्चिम नवलपरासीको महेशपुर नाका अहिले तस्करीको अखडा बनेको छ। महेशपुर नाकाबाट सुपारी र केराउ भारततर्फ धमाधम तस्करी हुन थालेको छ।

    २०७७ साउन ३० मा एकैदिन १ लाख २६ हजार किलो हरियो केराउ बीरगंज र बाराबाट नलपरासीमा गएको बिलबिजक फेला परेका छन् । एक दिनमै साढे १ लाख किलो केराउ बीरगंज र बाराबाट नवलपरासी, भैरहवा र बीरगंजका नाममा गएको प्रमाण नै नै फेला परेपछि आईजीपीको सचिवालयले छानविन प्रक्रिया अगाडि बढाएको छ।



    त्यस्तै, सुपारी तस्करहरुले १ नम्बर प्रदेशको काँकडभित्ता नाका र बिराटनगर नाकामा कडाई भएकाले नवलपरासीको महेशपुर नाकाबाट तस्करी सुरु गर्न थालेका छन् । २०७७ साउन ३० मा मात्रै करिब ३३ हजार किलो सुपारी १ नम्बर प्रदेशको काँकडभित्ता र बिराटनगरबाट सीमा पार गराउन सम्भव नभएपछि महेशपुर नाकाबाट गराइएको खुलेको छ ।



    तस्करहरुलाई सहज बनाउनका लागि  सीमा प्रहरी चौकीका इन्चार्जमा ईन्स्पेक्टर टोपेन्द्र बुढामगरलाई खटाइएको छ ।

    स्रोतका अनुसार पश्चिम नवलपरासीका नेपाल प्रहरीका एसपी अजय केसी, ईन्स्पेक्टर टोपेन्द्र बुढामगर, सशस्त्रको २६ नम्बर गण पश्चिम नवलपरासीका एसपी महेश अधिकारीसम्मलाई मिलाएर महेशपुर नाकाबाट केराउदेखि मदिरासम्म भारततर्फ तस्करी भइरहेको छ ।

    महेशपुर नाकाबाटै रुंगटा प्रोसेसिङ इन्डष्ट्रिज परवानीपुर , बालाजी इन्टरप्राइजेज बीरगंज, जय मा अम्बे ट्रेडिङ पर्सा, शंकर ट्रेड एण्ड कन्सर्न बीरगंजसँग सेटिङ गरी  तस्करी भएको छ।

    रामटोबाको उद्योग प्रालि बुटवलका नाममा झापाको बिएस ट्रेडवेल, मेचीनगर,काँकडभिट्टा बाट ल्याइएको सुपारी पनि भारततर्फ तस्करी भएको स्रोतको दाबी छ । त्यहाँबाट सुपारी पनि महेशपुरबाटै भारततर्फ पठाइएको छ ।

    तस्करहरुले सुपारी र केराउ तस्करी गर्न सीमा नाका महेशपुरलाई प्रयोग गर्दैआएका छन् । महेशपुर नाकाबाट तस्करीको लाइन चलाउन सीमा प्रहरीका इन्चार्ज टोपेन्द्र बुढामगरदेखि पाँच नम्वर प्रदेश कार्यालयकै मिलेमतो रहेको स्रोत बताउँछ ।

    एसपी अजय केसीले तस्करीका बादशाहका रुपमा उदाएका महेन्द्र ठाकुरसँँग पनि सम्बन्ध बढाएको पनि स्रोत वताउंछ। रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ठाकुर महेशपुर नाकाबाट भारततर्फ तस्करी गर्ने मुख्य हर्ताकर्ता हुन् ।

    केही महिनाअघि भारतीय टीभी च्यानलले नेपालको महेशपुर नाकाबाट प्रहरीकै मिलेमतोमा केराउ, मरिच र मदिरा नेपालबाट भारतमा तस्करी हुने गरेको प्रचार गरेका थिए । भारतको ठुठीबारी बजारमा नेपालबाट तस्करी गरी लगिएको केराउ, मरिच र छोगडा भारतीय प्रहरीले बरामद गरेको भिडियो नै प्रशारण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार