नयाँ दिल्ली। चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) तत्कालका लागि रोकिएको छ । भारतीय क्रिकेट बोर्डको आयोजनामा हुने आइपिएल कोराना भाइरसकै कारण स्थगित गरिएको छ ।
भारत सरकारले सबै किसिमका खेलकुद गतिविधि रोक्न निर्देशन दिएपछि आइपिएल पनि स्थगित भएको हो । भारतमा अहिलेसम्म ८० व्यक्तिमा कोरना भाइरस संक्रमण देखिएको छ भने एक सय ३० जनालाई संक्रमण भएको आशंका गरिएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ भने १२ राज्य प्रभावित भएका छन् । भारत सरकारले खेलकुद गतिविधि नगर्न भनेपछि आइपिएलमा आबद्ध ६४ विदेशी आफ्नै राष्ट्रमा बस्नुपरेको छ ।
Leave a Reply