Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भारतमा कोरोना भाइरसकाे त्रास, मृत्यु हुनेको संख्या २ पुग्यो

    भारतमा कोरोना भाइरसकाे त्रास, मृत्यु हुनेको संख्या २ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, १ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । भारतमा कोरोना भाइरसको त्रास अहिले व्यापक रूपमा फैलिरहेकाे छ। काेराेना भाइरसकै संक्रमणका कारण फेरि १ जनाको मृत्यु भएको छ । शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृत्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।’ मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृत्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।



    कोरोना भाइरसको संक्रमणकै कारण शुक्रबार कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी साउदी अरबबाट भारत आएका थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार