Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी रुपमा संचालनमा

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी रुपमा संचालनमा

    अनलाइन नेपाल
  • बुधबार, ७ असोज २०७७
  • 2.6K
    SHARES

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

    नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।



    अहिले सडक दुइतर्फी खुलाउने प्रयास भइरहेको तामाङले बताए ।



    यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ ।

    अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार