काठमाडौं । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ ।
साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् ।
उनको अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको बताइएको छ ।
Leave a Reply