प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ ।
सुनिलस्मृति गाउँपालिका–२ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।
आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताइन् ।
शिशुको स्वास्थ्यमा समेत समस्या देखिएकाले बुटवल रेफर गरिएको उनले जानकारी दिइन् । रोल्पाबाट सुत्केरी गराउनका लागि आइतबार बेलुकी सिंहलाई अस्पताल ल्याइएको थियो । रासस
Leave a Reply