Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, ३ माघ २०८१
  • 240
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिम क्षेत्रमा भित्रिएको छ ।

    जसको प्रभावले सुदूरपश्चिम र कर्णालीसँगै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थान, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा कर्णाली र सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार