काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आज अपराह्न ४ बजे कार्यक्रम गरी अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको हो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चार वटा अध्यादेश जारी गरेका थिए।
प्रधानमन्त्रीको उपस्थितिमा हालै जारी भएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशका विषयबस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
सिंहदरबारबाट ‘सुशासन प्रर्वद्वन र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश’का विषयवस्तु सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Leave a Reply