काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ ।
बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको हो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठकले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय गरेको थियो ।
पदाधिकारी बैठकले कार्यविभाजन टुंग्याएपश्चात नेताहरूको जिम्मेवारी तोकेर अन्तरपार्टी निर्देशन जारी गर्ने माओवादी केन्द्रको तयारी छ ।
Leave a Reply