Online Nepal
  • बुधबार, २ माघ २०८१
  • माओवादी अध्यक्ष प्रचण्डले भने – सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

    माओवादी अध्यक्ष प्रचण्डले भने – सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

    अनलाइन नेपाल
  • मंगलबार, १ माघ २०८१
  • 114
    SHARES

    सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो दिशामा हिडेको आरोप लगाएका छन् ।

    प्रेस सेन्टर सिन्धुपाल्चोकले सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको उनले बताए।



    यसले वर्तमान सरकार सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार भएको प्रमाणित भएको जिकिर प्रचण्डले गरे।

    अध्यक्ष प्रचण्डले भने,‘सरकार उल्टो दिशामा छ। संवैधानिक परिषद्‌मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ । अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन। यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ। सदन चाँडो बोलाइयोस्।’

    उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार