Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • क्याथे प्यासिफिकको जहाजले विषाक्त खाना बाँडेको खुलासा, छानविन समिति गठन

    क्याथे प्यासिफिकको जहाजले विषाक्त खाना बाँडेको खुलासा, छानविन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 69
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सको खानाका कारण यात्रुलाई ‘फुड पोइजनिङ’ भएको खुलेको छ ।

    काठमाडौंबाट हङकङ उडान भर्ने क्याथे प्यासिफिकको जहाजमार्फत् जनवरी ८ मा हङकङ गएका १० जना र जनवरी ९ मा १८ जना यात्रुलाई फुड पोइजन भएको हो ।



    सो घटनाको छानविन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुमन धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।



    समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ । उडानको दुई दिनसम्म अस्वस्थ भएपछि यात्रुलाई हङकङकै नर्थ लन्ताउ हस्पिटलमा उपचार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार