Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • विश्व तापक्रम युगकै उच्च : हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान

    विश्व तापक्रम युगकै उच्च : हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 105
    SHARES

    काठमाडौँ । विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ ।

    सन् २०२३ मा देखिएको विश्वव्यापी उच्च तापक्रमको रेकर्ड मात्र होइन, औद्योगिक युगको उच्च तापक्रमको रेकर्ड सन् २०२४ को तापक्रमले तोडेको छ ।



    विगत ८५ वर्षको अन्तरालमा वृद्धि भएका औसत तापक्रमहरूको पनि रेकर्ड तोड्दै सन् २०२४ मा औसत तापक्रम १५.१० डिग्री सेल्सियस कायम भएको हो । मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले यो लक्षण विश्वकै लागि गतिलो नरहेको औँल्याए ।



    उनका अनुसार यसले अबका दिनमा जलवायु परिवर्तनको प्रभाव उच्चस्तरमा देखिने दर्शाउँछ । उनले भने, “विकसित मुलुकको व्यवहार हेर्दा कार्बन उत्सर्जन घटाउने कार्यक्रम छैन, बरु झन् बढाउनेतिर गइरहेका छन् ।”

    तापक्रम वृद्धिको प्रवृत्ति डरलाग्दो देखिएसँगै विश्वव्यापी प्रयास भने कमजोर देखिएको श्रेष्ठले बताए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार