Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • प्रधानमन्त्री ओलीलाई नै देउवाको साथ

    प्रधानमन्त्री ओलीलाई नै देउवाको साथ

    अनलाइन नेपाल
  • आइतबार, २८ पुष २०८१
  • 348
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच असन्तुष्टि बढ्दै गइरहेको र सरकार हेरफेरको चर्चा चलिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले भने अहिले नै एमालेसँगको सम्बन्धविच्छेद गर्ने अवस्था आइनसकेको बताएका छन् ।

    बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार आफू निकटका नेताहरूसँगको छलफलमा देउवाले यस्तो बताएका हुन् । एमालेसँगको सहकार्य कुनै पनि हालतमा नतोडिने बताउँदै उनले सरकारलाई समर्थन रहने जनाएका छन् ।



    एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने नेताहरूको जिज्ञासामा देउवाले झोक्किँदै भने, ‘कसले ढाल्छ सरकार रु म ढाल्ने पक्षमा छैन । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नुस् । सरकार अहिले नै ढल्दैन ।’



    देउवाले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिप्रति आफू इमानदार रहेको पनि स्पष्ट पारेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार