Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अध्यादेशमार्फत कानुन संशोधन गर्नु लोकतान्त्रिक मान्यताको ठाडो उल्लंघन : बाबुराम भट्टराई

    अध्यादेशमार्फत कानुन संशोधन गर्नु लोकतान्त्रिक मान्यताको ठाडो उल्लंघन : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • शनिबार, २७ पुष २०८१
  • 90
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले संसदको नियमित हिउँदे अधिवेशनको सट्टा तीन अध्यादेशमार्फत कानुन संशोधन गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो उल्लंघन भएको बताएका छन् ।

    शनिबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले यसलाई स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो उल्लंघन मात्र नभई प्रहसनको रूपमा समेत व्याख्या गरे ।



    डा. भट्टराईले संसद नै नभएको वा संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने आपतकालीन तथा विशेष राष्ट्रिय महत्वका विषयमा मात्र अध्यादेश जारी गरिने प्रचलन रहेको भन्दै अहिले जारी गरिएका अध्यादेशहरू त्यस प्रकृतिका नभएको दाबी गरे ।



    ूतुरुन्तै संसद्को बैठक बसेर छोटो बाटोबाट पारित गर्न सकिने विषयमा अध्यादेश ल्याइनुले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ,ू डा। भट्टराईले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको लोकतन्त्रप्रतिको पुरानो स्वभावप्रति सबै परिचित रहेको बताउँदै, लोकतन्त्रको मसीहा दाबी गर्ने नेपाली कांग्रेसले पनि यसमा साथ दिएकोप्रति आश्चर्य व्यक्त गरे।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पूर्वराजा, राजावादी समूह र अन्य शक्तिहरू लागिपरेको उल्लेख गर्दै संविधान र व्यवस्थामाथि खतरा बढेको बताए ।

    ‘नजिकको छिमेकीले हाम्रो संविधानलाई ‘नोट’ मात्रै गरेको अवस्थामा चुच्चे नक्सा विवादले सम्बन्ध झन् चिसो बनेको छ। यस्तो संवेदनशील समयमा सरकारले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा उल्टै लोकतन्त्रको मर्मविपरीत कार्य गरिरहेको छ,’ डा. भट्टराईले चेतावनी दिए ।

    उनले प्रगतिशील, लोकतान्त्रिक, समाजवादी र देशभक्त शक्तिहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि वेलैमा सतर्क र सचेत हुन आह्वान गरे।

    डा. भट्टराईले अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा लोकतन्त्रप्रतिको अडान कमजोर भइरहेको सन्दर्भमा नेपालले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यो व्यवस्था र संविधान जनताको ठूलो बलिदानीको प्रतिफल हो। यसको रक्षा र विकास हामी सबैको सामूहिक जिम्मेवारी हो,’ उनले भने।

    उनले संविधान र गणतन्त्रलाई जोगाउन वैकल्पिक राजनीति गर्ने शक्ति र पक्षधरहरूले एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार